

निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा

काठमाडौं – शनिबार उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।
निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीसहित एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उनले बताए ।

