

शव जलाउने ठाउँको व्यवस्थापन गर्न प्रशासनको निर्देशन (पत्रसहित)

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृतककाे शव र जलाउने स्थानको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।
कोभिड-१९ संक्रमणको स्थिती भयावह बन्दै गैरहेको अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई उक्त निर्देशन दिएको हो ।
काठमाडौंमा अक्सिजनसहितको कम्तीमा १००० बेडको आइसोलेसन संचालन गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।
साथै, गम्भिर बिरामीहरुको लागि अस्पतालमा बेड व्यवस्थापनका लागि अस्पतालहरुलाई निर्देशन जारी गर्न अनुरोध गर्ने निर्णय पनि प्रशासनको छ ।
निषेधाज्ञाहरुको प्रभावकारीरुपमा कार्यान्वयनका लागि संयुक्तरुपमा अनुगमन गरी अत्यावश्यक बाहेकका सेवाको हकमा अझ कडाइ गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

