

काभ्रेमा आइतबारबाट एक साताका लागी निषेधाज्ञा जारी

काभ्रे – कोरोना महामारी नियन्त्रणका लागि भन्दै काभ्रेमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यलय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा जारी गर्न लागेको हो ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी २६ गतेसम्म निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
प्रमुख जिल्ला अधिकारी एक विज्ञप्तिमार्फत अत्यावश्यक काम बाहेक निषेधाज्ञा तोड्नेलाई कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरेका छन।

