Click to toggle navigation menu.

भारत कोभिड: किन विदेशमा रहेका भारतीयहरू सहयोगमा अग्रसर


सिङ्गापुरमा स्टार्ट अप परामर्शदाताका रूपमा कार्यरत सौर्य भेलगपुडी आठ वर्षको उमेरदेखि भारतमा बसेका छैनन्। उनी आठ वर्षका हुँदा उनका बाबुआमा नयाँ जीवन शुरू गर्न अमेरिका बसाइँ सरेका थिए।

बत्तीस वर्षीय उनी भन्छन्, तर अहिले पनि आफूलाई भारतसँग नजिक ठान्छन्। त्यसैले उनी भारतलाई सहयोग गर्ने कार्यमा संलग्न छन्। उनको बृहत् परिवारको एक सदस्यको हालै भारतमा कोभिडका कारण मृत्यु भयो।

त्यो दुखान्तले उनलाई आफूले पनि सहयोग गर्नुपर्छ भन्ने महसुस गरायो र उनले आफूले जम्मा गरेको बचत सहयोग गर्ने प्रतिबद्धता गरे।

‘त्यो यस्तो सम्बन्ध हो जुन तोड्न सकिन्न,’ उनले देशबाहिर रहेका भारतीयहरूले महसुस गर्ने भावना एउटा बलिवूडको गीतलाई उद्धृत गर्दै सुनाए।

भेलगपुडीले आफ्नो बचत समाप्त नभएसम्म हरेक दिन ५,००० डलर भारतमा कार्यरत एआईडी इन्डिया लगायत विभिन्न सहयोग संस्थाहरूलाई दान दिइरहेका छन्। ‘म तन्नम हुन परे पनि केही छैन,’ उनले भने।

‘स्थिति कति दयनीय भइसकेको छ भन्ने मानिसहरूले बुझ्न आवश्यक छ।’ यस्तै भावनाका कारण दशौँ लाख डलर बराबरको सहयोग भारतमा आइरहेको छ खासगरी देशबाहिर बस्ने भारतीय डायस्पोरा समुदायबाट।

Harjit Gill, chief executive of APACMED

‘भारतमा हामी सबैका परिवार छन्’

भारतीय डायस्पोराका ठूलो नाम कमाएकाहरू पनि सहयोग गर्न अगाडि सरेका छन्। तीमध्ये गुगलका प्रमुख सुन्दर पिचाइ, माइक्रोसफ्टका सत्य नादेला र सिलिकन भ्यालीका लगानीकर्ता तथा अर्बपति विनोद खोसला केही हुन्।

‘हामीलाई भारतभरि र खासगरी दिल्लीबाट अक्सिजन, पीपीई, औषधि, भेन्टिलेटर र अस्पतालमा यस्तो समयमा चाहिने अरू विभिन्न कुराहरू उपलब्ध गराइदिन अनुरोध गरिएको छ,’ सिङ्गापुरस्थित स्वास्थ्य सामाग्री सम्बन्धी संस्था एपीएसीएमइडीकी प्रमुख हरजित गिलले बीबीसीसँग भनिन्।

गिल पनि भारतीय मूलकी ब्रिटिश नागरिक हुन्। ‘जताततैबाट सहयोग प्राप्त भइरहेको छ किनभने हामी सबैको भारतमा कोही न कोही छ त्यसैले त्यहाँ भइरहेको सङ्क्रमणबाटह हामी अछुतो छैनौँ।’

‘हरेकलाई दु:ख परेको छ। हामी हरेकका त्यहाँ परिवार छन्। हामी सहयोग गर्ने उपाय खोजिरहेका छौँ।’ भारतीय डायस्पोरा संसारकै सबभन्दा ठूलो डायस्पोरा समुदाय हो। संसारभरि करिब दुई करोड भारतीय मूलका मानिसहरू छरिएर रहेका छन्।

यो नजिकको सम्बन्ध राख्ने समुदाय हो। कैयौँ दशकौँअघि राम्रो अवसरको खोजीमा देश छोडेको भए पनि अहिलेसम्म धेरैले भारतसँग नजिकको सम्बन्ध कायम राख्छन्।

सहयोगको पाइला

देविका मेहन्दिराता सिङ्गापुरमा बसोबास गर्ने अर्थशास्त्री हुन्। यो हप्ता भारतमा उनको बृहत् परिवारका दुई जनाको मृत्यु भयो। उनको विचारमा भारतीय केन्द्रीय सरकारसँग यथोचित योजना नहुँदा कोभिडको दोस्रो लहरमा धेरै मानिस प्रभावित भएर यति धेरैको मृत्यु हुन पुगेको हो।

अक्सिजन र अस्पताल शय्या अभाव भएको छ र मानिसहरूले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् । ‘यो सङ्ख्या बढेको मात्र कुरा होइन,’ उनले भनिन्, ‘मानिसहरू आधारभूत पदार्थ अक्सिजनको अभावका कारण मरिरहेका छन्।’

उनले केन्द्रीय सरकारले चुनाव जित्नका लागि पश्चिम बङ्गालको चुनावमा ठूला र्‍याली गर्नमा आफूलाई केन्द्रित राखेको र जोखिमयुक्त धार्मिक कुम्भ मेलाप्रति आँखा चिम्लिएको बताइन्।

उनले भनिन्, ‘जबकि फेब्रुअरी महिनातिरै अस्पतालहरूमा अक्सिजन अभाव हुन थालिसकेको थियो।’ ‘बाँच्नका लागि आफै जे गर्छौ गर भने जस्तो गरेर छोडिएको छ। त्यसैले निजी क्षेत्र अग्रसर हुन परेको हो,’ उनले भनिन्।

उद्धारमा निजी कम्पनी

भारतमा रहेका निजी कम्पनीहरू पनि सहयोग गर्न अघि सरेका छन्। भारतको एक प्रमुख स्टील उत्पादन गर्ने कम्पनी जेएसडब्ल्यूले आफ्नो उत्पादन घटाएको छ ताकि उत्पादनमा लाग्ने अक्सिजन बिरामीकहाँ पुग्न सकोस्।

बीबीसीलाई उपलब्ध गराइएको विज्ञप्तिमा उक्त कम्पनीले भनेको छः उसले आफ्नो कम्पनी नजिकै कोभिड केन्द्र बनाइरहेको छ जहाँ बिरामीहरूलाई सिधै अक्सिजन उपलब्ध गराउन सकिनेछ।

अरू निजी कम्पनीहरू टाटा ग्रुप, रिलायन्स र डेलिभरी पनि सहयोग गर्न अग्रसर भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयकी राजनीति शास्त्री पवित्रा सूर्यनारायणले बीबीसीलाई भनिन्, ‘भारतको स्वास्थ्य सेवा प्रणालीमा स्रोतको अभाव छ र यो अहिलेको होइन पहिलेदेखिकै समस्या हो।’

सूर्यनारायणले विश्वव्यापी रूपमा सङ्गठित सहयोग भारतको सङ्कटमा आवश्यक रहेको बताइन्। ‘यो भाइरस नियन्त्रण गर्न विश्वव्यापी प्रयत्न आवश्यक छ। भारतलाई एक्लै छोड्ने हो भने भाइरस फर्केर तपाईँकहाँ नै आइपुग्नेछ।’

‘पैसा उपलब्ध गराउन सकिन्छ तर स्वास्थ्य प्रणाली रातारात बन्दैन। आवश्यक अक्सिजन र खोप उत्पादन उपलब्ध गराउन समेत हप्तौँ लाग्छ। त्यस बेलासम्म भारतमा काला दिनहरू भोगिरहनुपर्नेछ।’ बीबीसी

प्रतिक्रिया



थप समाचार

इरान–इजराइल तनाव बढ्यो, मिसाइल आक्रमणको श्रृंखला जारी

काठमाडौं-  इरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। घटनापछि इजराइलका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ भने नागरिकलाई  — विस्तृतमा

इङ्ग्ल्यान्ड टोलीको प्रशिक्षण केन्द्र नजिक गोली चल्दा ९ घाइते

काठमाडौं-  अमेरिकाको मिसौरी राज्यस्थित क्यान्सस सिटीमा फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि भएको गोलीकाण्डमा नौ जना घाइते भएका  — विस्तृतमा

फिलिपिन्समा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मनिला – फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको लगत्तै फिलिपिन्स,  — विस्तृतमा

ट्रम्पसँग दाँजिएको एल्बिनो भैँसी हेर्न चिडियाखानामा भीड

ढाका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी बंगलादेशको राष्ट्रिय चिडियाखानामा आकर्षणको  — विस्तृतमा

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

भारत- भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा भीषण आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । बुधबार  — विस्तृतमा

माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाकालागि सामाजिक सञ्जालमा प्रतिबन्ध

माल्दिभ्स- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक  — विस्तृतमा

कक्रोच जनता पार्टीका संस्थापक अभिजित भारत फर्किने, दिल्लीमा प्रदर्शनको तयारी

काठमाडौं- कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका छन्। हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके आगामी जुन  — विस्तृतमा

रुसी ड्रोन रोमानियाको आवासीय भवनमा खस्यो, दुई जना घाइते

काठमाडौं- युक्रेनमाथि रुसले गरेको रातभरको आक्रमणसँग सम्बन्धित एक ड्रोन नेटो सदस्य राष्ट्र रोमानियाको पूर्वी क्षेत्रमा रहेको आवासीय भवनमा खस्दा  — विस्तृतमा

उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृत्यु

काठमाडौं – भारतको उत्तर प्रदेशमा पर्ने हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ कामदारको मृत्यु भएको छ । बिहीबार अबेर  — विस्तृतमा

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

काठमाडाैं- उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो  — विस्तृतमा

भारतमा इन्धनकाे मूल्य फेरि बढ्यो

भारत – मध्यपूर्वमा जारी युद्धका कारण विश्व आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य  — विस्तृतमा

ह्वाइट हाउसबाहिर गोलीकाण्डमा मारिएका युवकको पहिचान खुल्यो

काठमाडौं- अमेरिकाको वासिङ्टनस्थित ह्वाइट हाउसबाहिर भएको गोलीकाण्डमा मारिएका व्यक्तिको पहिचान खुलेको छ । घटनामा २१ वर्षीय नासिर बेस्ट मारिएको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist