Click to toggle navigation menu.

भारत कोभिड: किन विदेशमा रहेका भारतीयहरू सहयोगमा अग्रसर


सिङ्गापुरमा स्टार्ट अप परामर्शदाताका रूपमा कार्यरत सौर्य भेलगपुडी आठ वर्षको उमेरदेखि भारतमा बसेका छैनन्। उनी आठ वर्षका हुँदा उनका बाबुआमा नयाँ जीवन शुरू गर्न अमेरिका बसाइँ सरेका थिए।

बत्तीस वर्षीय उनी भन्छन्, तर अहिले पनि आफूलाई भारतसँग नजिक ठान्छन्। त्यसैले उनी भारतलाई सहयोग गर्ने कार्यमा संलग्न छन्। उनको बृहत् परिवारको एक सदस्यको हालै भारतमा कोभिडका कारण मृत्यु भयो।

त्यो दुखान्तले उनलाई आफूले पनि सहयोग गर्नुपर्छ भन्ने महसुस गरायो र उनले आफूले जम्मा गरेको बचत सहयोग गर्ने प्रतिबद्धता गरे।

‘त्यो यस्तो सम्बन्ध हो जुन तोड्न सकिन्न,’ उनले देशबाहिर रहेका भारतीयहरूले महसुस गर्ने भावना एउटा बलिवूडको गीतलाई उद्धृत गर्दै सुनाए।

भेलगपुडीले आफ्नो बचत समाप्त नभएसम्म हरेक दिन ५,००० डलर भारतमा कार्यरत एआईडी इन्डिया लगायत विभिन्न सहयोग संस्थाहरूलाई दान दिइरहेका छन्। ‘म तन्नम हुन परे पनि केही छैन,’ उनले भने।

‘स्थिति कति दयनीय भइसकेको छ भन्ने मानिसहरूले बुझ्न आवश्यक छ।’ यस्तै भावनाका कारण दशौँ लाख डलर बराबरको सहयोग भारतमा आइरहेको छ खासगरी देशबाहिर बस्ने भारतीय डायस्पोरा समुदायबाट।

Harjit Gill, chief executive of APACMED

‘भारतमा हामी सबैका परिवार छन्’

भारतीय डायस्पोराका ठूलो नाम कमाएकाहरू पनि सहयोग गर्न अगाडि सरेका छन्। तीमध्ये गुगलका प्रमुख सुन्दर पिचाइ, माइक्रोसफ्टका सत्य नादेला र सिलिकन भ्यालीका लगानीकर्ता तथा अर्बपति विनोद खोसला केही हुन्।

‘हामीलाई भारतभरि र खासगरी दिल्लीबाट अक्सिजन, पीपीई, औषधि, भेन्टिलेटर र अस्पतालमा यस्तो समयमा चाहिने अरू विभिन्न कुराहरू उपलब्ध गराइदिन अनुरोध गरिएको छ,’ सिङ्गापुरस्थित स्वास्थ्य सामाग्री सम्बन्धी संस्था एपीएसीएमइडीकी प्रमुख हरजित गिलले बीबीसीसँग भनिन्।

गिल पनि भारतीय मूलकी ब्रिटिश नागरिक हुन्। ‘जताततैबाट सहयोग प्राप्त भइरहेको छ किनभने हामी सबैको भारतमा कोही न कोही छ त्यसैले त्यहाँ भइरहेको सङ्क्रमणबाटह हामी अछुतो छैनौँ।’

‘हरेकलाई दु:ख परेको छ। हामी हरेकका त्यहाँ परिवार छन्। हामी सहयोग गर्ने उपाय खोजिरहेका छौँ।’ भारतीय डायस्पोरा संसारकै सबभन्दा ठूलो डायस्पोरा समुदाय हो। संसारभरि करिब दुई करोड भारतीय मूलका मानिसहरू छरिएर रहेका छन्।

यो नजिकको सम्बन्ध राख्ने समुदाय हो। कैयौँ दशकौँअघि राम्रो अवसरको खोजीमा देश छोडेको भए पनि अहिलेसम्म धेरैले भारतसँग नजिकको सम्बन्ध कायम राख्छन्।

सहयोगको पाइला

देविका मेहन्दिराता सिङ्गापुरमा बसोबास गर्ने अर्थशास्त्री हुन्। यो हप्ता भारतमा उनको बृहत् परिवारका दुई जनाको मृत्यु भयो। उनको विचारमा भारतीय केन्द्रीय सरकारसँग यथोचित योजना नहुँदा कोभिडको दोस्रो लहरमा धेरै मानिस प्रभावित भएर यति धेरैको मृत्यु हुन पुगेको हो।

अक्सिजन र अस्पताल शय्या अभाव भएको छ र मानिसहरूले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् । ‘यो सङ्ख्या बढेको मात्र कुरा होइन,’ उनले भनिन्, ‘मानिसहरू आधारभूत पदार्थ अक्सिजनको अभावका कारण मरिरहेका छन्।’

उनले केन्द्रीय सरकारले चुनाव जित्नका लागि पश्चिम बङ्गालको चुनावमा ठूला र्‍याली गर्नमा आफूलाई केन्द्रित राखेको र जोखिमयुक्त धार्मिक कुम्भ मेलाप्रति आँखा चिम्लिएको बताइन्।

उनले भनिन्, ‘जबकि फेब्रुअरी महिनातिरै अस्पतालहरूमा अक्सिजन अभाव हुन थालिसकेको थियो।’ ‘बाँच्नका लागि आफै जे गर्छौ गर भने जस्तो गरेर छोडिएको छ। त्यसैले निजी क्षेत्र अग्रसर हुन परेको हो,’ उनले भनिन्।

उद्धारमा निजी कम्पनी

भारतमा रहेका निजी कम्पनीहरू पनि सहयोग गर्न अघि सरेका छन्। भारतको एक प्रमुख स्टील उत्पादन गर्ने कम्पनी जेएसडब्ल्यूले आफ्नो उत्पादन घटाएको छ ताकि उत्पादनमा लाग्ने अक्सिजन बिरामीकहाँ पुग्न सकोस्।

बीबीसीलाई उपलब्ध गराइएको विज्ञप्तिमा उक्त कम्पनीले भनेको छः उसले आफ्नो कम्पनी नजिकै कोभिड केन्द्र बनाइरहेको छ जहाँ बिरामीहरूलाई सिधै अक्सिजन उपलब्ध गराउन सकिनेछ।

अरू निजी कम्पनीहरू टाटा ग्रुप, रिलायन्स र डेलिभरी पनि सहयोग गर्न अग्रसर भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयकी राजनीति शास्त्री पवित्रा सूर्यनारायणले बीबीसीलाई भनिन्, ‘भारतको स्वास्थ्य सेवा प्रणालीमा स्रोतको अभाव छ र यो अहिलेको होइन पहिलेदेखिकै समस्या हो।’

सूर्यनारायणले विश्वव्यापी रूपमा सङ्गठित सहयोग भारतको सङ्कटमा आवश्यक रहेको बताइन्। ‘यो भाइरस नियन्त्रण गर्न विश्वव्यापी प्रयत्न आवश्यक छ। भारतलाई एक्लै छोड्ने हो भने भाइरस फर्केर तपाईँकहाँ नै आइपुग्नेछ।’

‘पैसा उपलब्ध गराउन सकिन्छ तर स्वास्थ्य प्रणाली रातारात बन्दैन। आवश्यक अक्सिजन र खोप उत्पादन उपलब्ध गराउन समेत हप्तौँ लाग्छ। त्यस बेलासम्म भारतमा काला दिनहरू भोगिरहनुपर्नेछ।’ बीबीसी

प्रतिक्रिया



थप समाचार

बकरइदमा कुर्बानीको नाममा आफ्नै घाँटी काटे, आत्महत्यापूर्व लेखेका थिए यस्ताे चिठी

देवरिया, उत्तर प्रदेश – भारतकाे उत्तर प्रदेशस्थित देवरिया जिल्लामा बकरइदको दिन एक वृद्धले बाख्रा काट्ने चक्कु प्रयोग गरेर आफ्नै  — विस्तृतमा

मस्कले डेमोक्र्याटलाई समर्थन गरे गम्भीर परिणाम भोग्नुपर्छः ट्रम्प

वासिंगटन डिसी – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीचको शब्दयुद्ध चर्किएको छ । शनिबार मस्कले नरम  — विस्तृतमा

कोलम्बियामा राष्ट्रपतिका उम्मेदवार माथी गोली प्रहार

काठमाडौं – दक्षिण अमेरिकी देश कोलम्बियामा चुनावी प्रचारका क्रममा राष्ट्रपतिका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ । उनी  — विस्तृतमा

मस्कसँग टकरावपछि टेस्ला कार बेच्दै ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट किनेको कार बेच्ने तयारी गरेका छन् । तीन महिनाअघि ह्वाइट  — विस्तृतमा

भारतले सञ्चालनमा ल्यायो जम्मु-कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल

काठमाडाैं- पाकिस्तानसँगको हालैको द्वन्द्वपछि विवादित हिमालय क्षेत्र कश्मीरमा पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार श्रीनगर पुगेका छन्।  — विस्तृतमा

ट्रम्प र एलन मस्कबीच विवाद चर्कियो, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलन मस्कबीच सार्वजनिक विवाद चुलिएको छ, जसले विश्व बजारमा समेत प्रभाव  — विस्तृतमा

गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

गाजा – गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले गाजा  — विस्तृतमा

दक्षिण कोरियाका राष्ट्रपतिमा लि जे म्युङ विजयी

सियोल – दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा वाम झुकाव लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ  — विस्तृतमा

पाकिस्तानमा १७ वर्षीया टिकटक स्टारको गोली हानेर हत्या, ‘अनर किलिङ’ को आशंका

इस्लामाबाद, पाकिस्तान — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया इन्फ्लुएन्सर तथा टिकटक स्टार सना युसुफको गोली हानी हत्या गरिएको छ।  — विस्तृतमा

४७ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा एकजना पक्राउ

मुम्बई- भारतका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट फर्किंदै गरेका एक भारतीय नागरिकलाई मुम्बई विमानस्थलमा दर्जनौँ विषालु र दुर्लभ सरिसृपहरू तस्करी गर्दै  — विस्तृतमा

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र  — विस्तृतमा

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं- बंगलादेशी अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist