

भारतसँगका २२ नाका बन्द र एक चौथाइ शहरमा ‘लकडाउन’ गर्न सिफारिस

काठमाडौं – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले छिमेकी मुलुक भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै सीसीएमसीको बैठकले सीमा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले भारतसँगको नाका बन्द, बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
यस्तै, निर्माणका हकमा कामदारलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।यस्तै देशका एक चौथाइ शहरमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले सरकारको मात्रै प्रयासले यसको नियन्त्रण सम्भव नहुने बताएका थिए ।

