

सेनाको फष्टरैफल गणद्वारा ढुंगाको चेपमा अड्किएका राईको उद्दार

काठमाडौं – नेपाली सेनाले बाटोबाट चिप्लेर ढुंगाको चेपमा अड्किएका युवकको उद्दार गरेको छ। भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ का स्थानीय पान्डा राईको उद्दार भएको हो।
अन्दाजी १८/१९ वर्षका राई १६ वैशाख २०७८ मा नेपाली सेनाको फष्टरैफल गणको जिम्मेवारी क्षेत्र अन्तरगत रहेको षडानन्द नगरपालिका–१ मझुवावेशी इर्खुवा खोला नजिकको बाटोबाट चिप्लेर ढुंगाको चेपमा खसेका थिए।
फष्टरैफल गणलाई घटनाको जानकारी भएलगत्तै बिहीबार नै फष्टरैफल गण अन्तरगत रहेको सुरक्षा बेश इर्खुवाबाट खट्टिएको सेनाको टोलीले उनको उद्दार गरेको प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।
समस्या (अभर) मा परेको उनलाई उक्त ढुङ्गाको चेपबाट सकुशल उद्धार गरि थप उपचारको लागि जिल्ला अस्पताल संखुवासभा पठाएको प्रवक्ता पौडेलले जानकारी दिए।
हाल उनको अवस्था सामान्य रहेको छ। कामको सिलसिलामा घरबाट बजार जाँदै गर्दा उनी चिप्लेर लडेका थिए।

