

नेपालमा एकैदिन थपिए ५७२७ नयाँ संक्रमित, ३३ जनाको मृत्यु, ९२८ कोरोनामुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार ७२७ मा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार १५९१६ पीसीआर परीक्षणमा ५६५७ जना र ५२५ एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जना संक्रमित भएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३२७९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ९ सय २८ जना कोरोनामुक्त भई घर फर्केको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

