अस्पतालमा बेड नरहेकोले संवेदनशील हुन स्वास्थ्य मन्त्रालयको अपिल


काठमाडौं – स्वास्थ्य मन्त्रालयले देशभरका २२ जिल्लाका अस्पतालहरुमा बेड नभएकोले संवेदनशील हुन आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरका अस्पतालहरुमा बेड नभएको जनाउँदै सर्वसाधारणका लागि संवेदनशील हुनका लागि अनुरोध गरेको हो ।

यस परिस्थितिमा जनस्वास्थ्यको मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्न र गराउन आग्रह समेत गरेको छ।

सूचनाः

May be an image of text

प्रतिक्रिया