

राष्ट्रपति भण्डारीद्वारा खड्कालाई होली सी र सर्बियाका राजदूतमा नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा९१०बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

