

९०० घट्याे सुनको भाउ, तोलामा कति ?

काठमाडौं – सुनको भाउ तोलामा ९०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार ९०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८९ हजार ४५० कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको भाउ तोलाको फेरि १३ सय तल आइपुगेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १२ सय ९५ कायम गरेको छ । बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

