चितवन कारागारबाट विप्लवका दाजु वीरजंग रिहा


चितवन – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ शुक्रवार जिल्ला कारागार चितवनबाट छुटेका छन्।

जिल्ला अदालत नवलपरासीको धरौटीमा रिहा गर्ने आदेशपछि वीरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए। गत असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए।

नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तीन बुँदे सहमति भएको दुईमहिनापछि उनी छुटेका हुन् ।

वीरजंग बम विस्फोटको मुद्दामा कारागार चलान भए उनको घाँटी र पेटमा समस्या आएपछि उपचारका लागि चितवन कारागार ल्याइएको थियो।

 

प्रतिक्रिया