प्रदेश सभा छिरेका थिए दिपक मनाङे तर अनिश्चितकालका लागि स्थगित भयो


काठमाडौं– गण्डकी सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत दिनका लागि दिनभर गायब रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे प्रदेश सभा प्रवेश गर्नासाथ बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

उनले मुख्यमन्त्री गुरुङलाई सघाउनका लागि मनाङे जनताको आदेश भएको प्रतिक्रिया दिएका थिए। दिनभर चलेको बैठकमा गुरुङ थिएनन्। उनको मोबाइल स्वीच अफ थियो। तर उनी अहिले प्रदेश सभा बैठक मात्र के पुगेका थिए जनमोर्चाका सांसद खिमविक्रम शाही गायब भएका थिए।

शाहीको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चाकी पियारी थापाले प्रदेश सभा स्थागितको माग गरी निवेदन दिएपछि अनिश्चितकालका लागि रोकिएको छ। एमालेले भने अविश्वास प्रस्ताव फेल हुने भएपछि प्रदेश सभा स्थागित गर्ने सभामुखको निर्णयको विरोध गरेका छन्।

प्रतिक्रिया