फौजदारी कसुरमा थुनिएका १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

जसपा र विप्लव समूह खुशी


काठमाडौं– मन्त्रिपरिषदले एउटा विशेष प्रस्ताव पारित गर्दै विभिन्न अभियोगमा कारागारमा रहेका एक सय २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता पार्वत गुरुङले. बुधबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णय भएको जानकारी दिएका हुन्।

सरकारले जनता समाजवादी पार्टी र नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका जेलमा रहेका कार्यकर्ता छाड्न गरेको सहमतिअनुसार निर्णय लिएको हो।

१५ जना प्रतिवादी रहेका १२० जनालाई कारागारमुक्त गर्ने निर्णय सरकारले गरेको गुरुङले बताए। यो निर्णयपछि जसपा र विप्लव समूहले सहमति कार्यान्वयन हुने दिशामा सरकार अघि बढेको रुपमा लिएका छन्।

प्रतिक्रिया