
कांग्रेसको क्रियाशील सदस्यताको एजेन्डा के होला? कोरोना देखिएपछि केन्द्रीय समिति स्थगित
काठमाडौं– नेपाली कांग्रेसको बुधबार तय भएको केन्द्रीय समितिको बैठक स्थागित भएको छ।
मुख्यालय सानेपामा तय गरिएको बैठकअघि केही नेतामा कोरोना संक्रमण भएपछि बैठक रोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
केही नेता र कर्मचारीमा कोरोना पुष्टि भएका कारण बैठक स्थगित गरिएको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसैबीच कांग्रेसको क्रियाशील सदस्यताको बुधबार टुंगो लगाउनुपर्ने थियो। अन्तिम एक साताका लागि म्याद थपिएको समयसीमामा बैठक बस्ने तयारी भए पनि स्थगित गर्नुपर्ने बाध्यता आइलागेपछि अब के होला भन्ने चासो देखिएको छ।



कागजपत्र |
