

कैलालीमा एक हप्ता निषेधाज्ञा, अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द

धनगढी – कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको छ ।

