फ्लोर क्रस गर्ने कर्णालीका चार एमाले सांसद पदमुक्त


काठमाडौं– कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि पार्टी र सांसद पदबाट हटाइएका एमालेका चार सांसद पदमुक्त भएका छन्।

प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका हुन् ।

सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा एमालेको पत्रका अनुसार पदमुक्त गरिएको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई बुझाएको थियो।

प्रतिक्रिया