अक्सिजन प्रयोग हुने अन्य उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको पत्र


काठमाडौं– कोभिड–१९ संक्रमणका कारण विरामी बढिरहेको र माग बढ्दो भएपछि स्वास्थ्य मन्त्रालयले उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयलाई  अक्सिजन प्रयोग हुने अन्य उद्योग बन्द गर्नका लागि पत्राचार गरेको छ।

यसका साथै अक्सिजनको व्यवस्था चाँडो भन्दा चाँडो गर्नका लागि स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ। नेपालमा अक्सिजन सिलिन्डरको कमी भएपछि उसले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पहल गर्नका लागि पनि प्रक्रिया गरेको छ।

प्रतिक्रिया