नेप्सेमा ५५ अंकको गिरावट


काठमाडौँ – आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबारमा ठूलो अंकको गिरावट आएको छ ।

साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा नै नेप्से ५५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् ।

बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने राम्रै बढेको छ ।

प्रतिक्रिया