मन्त्रिपरिषदमा सीसीएमसीको प्रस्तावः सरकारी कार्यालयमा न्यून कर्मचारी, सातामा दुई दिन विदा


काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले मन्त्रिपरिषदमा सरकारी कार्यालयलाई सातामा दुई दिन विदासहित न्युन कर्मचारी राखेर काम गर्ने प्रस्ताव पठाएको छ।

सोमबार ५ बजे बस्ने मन्त्रिपरिषदमा सीसीएमसीले जिल्लामा निषेधाज्ञा लगाउने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिन पनि सिफारिस गरेको छ।

तीन साता कम्तिमा लकडाउनको प्रस्ताव गरेको सीसीएमसीले कोरोना रोकथाम तथा संक्रमण नियन्त्रणका लागि उक्त सिफारिस गरेको हो।

प्रतिक्रिया