

जर्जियाका सभामुखद्वारा राजीनामा

तिब्लिसी – जर्जियाका सभामुख अर्चिल तलाक्भाडजले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
‘सत्तारुढ दल र विपक्षी दलका बीचमा सम्झौता गराउने पटक पटक प्रयास गर्दा पनि नभएपछि राजीनामा दिनु उचित ठानेर राजीनामा दिन लागेको हुँ,’ उनले भनेका छन् ।
सकेसम्म तटस्थ भूमिका खेल्न खोज्दा पनि आफूलाई गाह्रो मानिएकाले जिम्मेवारीमा बसिरहन नसकेको उनले बताएका छन् ।
सत्तारुढ दल जर्जियाली ड्रिम पार्टीका अध्यक्ष इराक्ली कोबाखीजका अनुसार सभामुखको जिम्मेवारी काखा कुचाभलाई दिने तयारी भएको छ । तलाक्भाडज सभामुख रहेका बेला कुचाभ उपसभामुख रहेका थिए ।
उनी सन् २०१६ देखि सत्तारुढ दलको सांसद समेत छन् ।

