

चिनियाँ खोप ‘भेरोसेल’ को पहिलो मात्रा आजबाट, यी हुन् काठमाडौंका खोप केन्द्र

काठमाडौं – कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को पहिलो मात्रा आज (आइतबार) बाट लगाइने भएको छ । खोप लगाउनका लागि काठमाडौंमा तीन खोप केन्द्र तय गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज निजामति अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ ।
तर भोलिदेखि (सोमबार) बाट भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाय अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ ।
त्यसैगरी, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ ।

