

दुबै डोज खोप लगाएका ग्राण्डीका डाक्टरलाई कोरोना पूष्टि

काठमाडाैं – दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ कि भन्ने आशंका जनमानसमा फैलिएको छ ।
पछिल्लो पटक दुबै डोज कोरोनाको खोप लगाएका व्यक्तिमा समेत संक्रमण देखिए पछि आशंका उब्जिएको हो ।
शुक्रबार ग्राण्डी अस्पतालका दुबै डोज खोप लगाएका डा. विपिन नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।
डा. नेपालले कोभिड १९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरैजना संक्रमितलाई निको पारेका थिए । स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए ।
डा. नेपालले बताए अनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् ।

