सभापति देउवाद्वारा लोकतन्त्र दिवसको शुभकामना


काठमाडौं – नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत ऐतिहासिक आन्दोलनबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनमा सबैले आ-आफ्नो ठाउँबाट सशक्त भूमिका खेलौ भन्ने दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

तत्कालीन निरंकुश राजतन्त्रका विरुद्धमा भएको विसं २०६२/६३ को आन्दोलन विसं २०६३ वैशाख १३ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ ।

प्रतिक्रिया