

स्थायी कमिटीलाई दियो स्पष्टीकरण सोधिएका सांसदबारे निर्णय गर्ने जिम्मा

काठमाडौं – नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहित स्पष्टीकरण सोधिएका २७ सांसदलाई र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा नवगठित स्थायी कमिटीलाई दिएको छ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्थान दिने बताएका छन्।
एमालेले नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो। तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ।

