
‘राष्ट्रियसभा उपचुनावमा एमालेबाट बादल नै उम्मेद्वार’
काठमाडौं – नेकपा एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका नेताहरुलाई उपनिर्वाचनमा जिताएर पुनः पठाउने एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले निर्णय गरेको छ।
६ जेठमा हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेका केपी शर्मा ओलीले दावी गरे।
‘अब हुने राष्ट्रियसभाको उपनिर्वाचनमा हाम्रो उम्मेदवार बादल नै हो,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले उहाँलाई कारबाही गरेको छ। उक्त पदमा उहाँ नै उठ्नुहुन्छ।’
रिक्त रहेको पदमा ३५ दिनदेखि ६ महिनाभित्र चुनवा गराउनुुपर्ने हुन्छ। एमालेका लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी समेत दिने ओलीले बताए।



कागजपत्र |