

अध्यक्ष ओलीले कम्युनिष्ट सिध्याउन खोजेको ज्ञवालीको आरोप

तुलसीपुर – नेपाल कम्युनिष्ट पाटी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीको विधि र सिद्धान्त विपरित मनपरी तरिकाले काम गर्दा पार्टी र सत्ता संकटमा परेको उनले आरोप लगाएका छन् ।
नेकपा एमाले जिल्ला कमिटि दाङले तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गदै उनले सर्वहारा बर्गहरुको पाटी नै कम्युनिष्ट पार्टी भएपनि कम्युनिष्ट सत्तामा पुगेपछि मात्तिने भएकाले कम्युनिष्ट सरकार स्थिर हुन नसकेको बताए ।
आँफुहरु सधैं जनताको पक्षमा उभिने बताउँदै उनले प्रधानमन्त्री ओलीसँगको व्यक्तिगत रिसिवी नभई कार्यशैली र दम्भको विरुद्धको लडाई भएको बताए ।
कम्युनिष्ट पाटीको लक्ष्य सामाजिक विभेद, अन्याय र अत्याचार अन्त्य गर्ने भएको भन्दै यसका लागी प्रधानमन्त्री तयार नहुँदा अन्तरविरोध भएको उनको भनाई थियो ।

