
एमालेका चार नेताले सांसद खारेजी प्रक्रियाविरुद्ध रिट दर्ता गराए, आइतबार सर्वोच्चको आदेश
काठमाडौं– सांसद खारेजी प्रक्रिया र केन्द्रीय कमिटीको बैठकका लागि अन्तरिम आदेश माग गर्दै एमाले नेता माधवकुमार नेपालसहित चार जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
उक्त रिटको सुनुवाई र आदेश आइतबार हुने भएको छ। आइतबारका लागि पेशी तोकिएपछि सोही दिन आदेश आउने बताइएको छ।
नेकपा एमालेबाट निलम्बनमा परेका माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्तरूपमा पेस गरिएको १४ बुँदे मागसहित रिट दर्ता गराएका हुन्। उक्त रिटमा २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न पनि माग गरिएको छ।
रिटमा आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन र संविधानको धारा ८९ बमोजिम एमालेले कारवाही गरेमा सांसद पद जाने भएकाले माधव नेपाल पक्षले अदालत गुहारेको हो।



कागजपत्र |
