

त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट: नेपालले र मलेसिया खेल्दै

काठमाडौं – त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।
अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् । त्यसैले आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी पेश गर्न चाहन्छ ।
३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ । बुधबार भएको खेल टाई भएपछि नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेका थिए ।
मलेसियाको ३ खेलबाट १ अंक मात्र छ । नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।

