


मेरियटमै देउवाका विश्वासपात्र खाँड अर्थमन्त्री पौडेलसँग किन थिए?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीच बुधबार साँझ मेरियट होटलको ९०१ नम्बर कोठामा वार्ता चलिरहेका बेला अरु दुई नेताबीच पनि विशेष भेट भएको छ।
एमालेभित्रको विवाद समाधानका निम्ति एमाले अध्यक्ष समेत रहेका ओली र नेपालबीच कुराकानी हुँदा अर्थमन्त्री तथा ओलीका विश्वासपात्र विष्णु पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र नेता बालकृष्ण खाँडको कुराकानी भएको थियो।
आगामी बजेटका निम्ति परामर्श र सल्लाह गरिरहेका अर्थमन्त्री पौडेलले कांग्रेसको राय बुझ्नका लागि खाँडसँग परामर्श लिएको बताइएको छ। यद्यपि, यो भेटलाई राजनीतिक कोणबाट पनि विश्लेषण गरिएको छ।
आगामी बजेटमा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयलाई कसरी अगाडि बढाउन सकिएला भन्ने विषयमा पनि कुराकानी भएको बताइन्छ।

