

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्धको आजको सुनुवाई ‘हेर्न नभ्याइने’मा गएको छ ।
संवैधानिक इजलासमा सुनुवाई हुने तय भएको उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सुनुवाई गर्ने कार्यतालिका रहेको थियो ।
यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, त्यतिबेला पनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।
सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए ।
साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिए पनि प्रहरीले जाहेरी नलिएपछि सर्वोच्च पुगेकी पूर्णिमायाले सर्वोच्चको आदेशपछि उक्त मुद्दा दायर गरेकी थिइन् ।

