

प्रतिकुल मौसमका कारण टीयू मैदानमा खेल प्रभावित

काठमाडौं – प्रतिकुल मौसमका कारण त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत भैरहेको कीर्तिपुरस्थित टीयू मैदानमा नेदरल्याण्ड्स र मलेसियाबिचको खेल प्रभावित भएको छ । पहिलो इनिङ्समै पानी परेपछि खेल प्रभावित भएको छ ।
मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्या६ङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेको हो ।
नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । जसले गर्दा मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ ।

