

नक्कली पिसिआर रिपोर्टको आशंकामा १२२ जनालाई विमानस्थलबाट फर्काइए

काठमाडौं । अध्यागमन विभागले नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा १२२ जनालाई विमानस्थलबाट फर्काएको छ।
बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूर्य ल्याबबाट नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले बताए।
सूरिया हेल्थ केयरमा बनाइएको पिसिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशंकामा फर्काइएको ढकालले बताए।
सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।
फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको ढकालले बताए।

