बूढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी


काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच निरन्तर छलफल हुँदै आएको छ ।

काँग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया