
स्थानीय तहका थप २० अधिकृत सेवाकालीन तालिमका लागि छनौट
काठमाडौँ – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि स्थानीय तहमा कार्यरत छैटौँ र सातौँ तहका २० जना अधिकृत कर्मचारी मनोनयन भएका छन् ।
केही दिन अघि यही १० गतेदेखि सञ्चालन हुन लागेको प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३५ दिने सेवाकालीन प्रशिक्षण कार्यक्रमका लागि मनोनयन स्वीकृत कर्मचारीको नामावली सार्वजनिक गरेको प्रतिष्ठानले मङ्गलवार थप २० जनासहित कार्य तालिका सार्वजनिक गरेको हो ।
साथै गत चैत्र ३१ गतेको सूचनामा मनोनीत कर्मचारीलाई वैशाख १० गते बिहान ८ बजे प्रतिष्ठान, जावलाखेलमा उपस्थित हुन भनेकोमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै अब भर्चुअल प्रशिक्षण हुनेसमेत प्रतिष्ठानले जनाएको छ ।



कागजपत्र |
