

एमालेका २७ जना संघीय सांसद निलम्बनको तयारी, सबैलाई सोधियो स्पष्टिकरण (पत्रसहित)

काठमाडौं– नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जनालाई स्पष्टिकरण पत्र मंगलबार पठाएको छ।
दुई दिनभित्र जवाफ पेश गर्ने निर्देशनसहित स्पष्टिकरण पठाइएको छ। अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणपत्रमा पार्टीको लोगो र छाप प्रयोग अनधिकृत रुपमा प्रयोगदेखिका प्रश्न छन्।
जवाफ नपाएको र चित्त नबुझेको खण्डमा २७ जनालाई नै कारबाही गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन्।

