२६ सांसदलाई स्पष्टिकरण सोध्दै एमाले, माधव नेपालदेखि झाँक्रीसम्मको विवरण यस्तो छ


काठमाडौं– नेकपा एमालेले नेता माधवकुमार नेपालदेखि रामकुमारी झाँक्रीसम्म २६ जना संघीय संसद सदस्यलाई स्पष्टिकरण पत्र मंगलबार पठाउने भएका छन्।

चित्त बुझ्दो उत्तर नदिए उनीहरूलाई प्रतिनिधि सभा सदस्यको जिम्मेवारीबाट मुक्त गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ। यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेता प्रकाश ज्वालासहित ४ जनालाई पनि स्पष्टिकरण सोधिने भएको छ।

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडालाई स्पष्टिकरण सोध्न लागिएको हो।

यस्तै, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भिम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने र लक्ष्मीकुमारी चौधरलाई पनि पत्र पठाउन लागिएको छ।

प्रतिक्रिया