लुम्बिनी प्रदेशमा आफ्नै पार्टीका चार मन्त्री भएको अध्यक्ष उपेन्द्र यादवले थाहा पाएनन्


काठमाडौं– मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित चार जना जनता समाजवादी पार्टीका नेता लुम्बिनी प्रदेशका मन्त्री भएको अध्यक्ष उपेन्द्र यादवले पत्तो नपाएको प्रतिक्रिया दिएका छन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी प्रधानमन्त्री केपी शर्मा ओली कित्ता लडाउने थाहा पाए पनि मन्त्री नै नियुक्त भई शपथ गरेको बारेमा भने यादव बेखबर भएका हुन्।

उनले प्रदेश संसदीय दलका नेतासँग सम्पर्क गरी मन्त्री भएको र निर्णय किन बदलियो भन्ने विषयमा सोधिने यादवको प्रतिक्रिया थियो।

जसपाका सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन्। उनीहरुले सोमबार नै सपथ लिएका छन्।

प्रतिक्रिया