

‘फ्लोर क्रस’ गराउन भूमिका खेलेको आरोपमा माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौँ – नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।

