
१० दिनको अनवरत प्रयासपछि त्रिशुली ३ एको सुरुङबाट एक जनाको उद्धार
काठमाडौं – बाढी गएको १० दिनसम्म सुरुङमा फसेका एक व्यक्तिको जिवितै उद्धार गरिएको छ ।
भदौ १० मा गएको बाढीका क्रममा त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इन्जिनियर सञ्जय शाहको शुक्रबार बिहान उद्धार गरिएको हो ।
सुरुङभित्र अन्य व्यक्तिहरु पनि रहेको भन्दै उद्धार टोलीले उनीहरुलाई पनि निकाल्न काम गरिरहेको छ।
आज बिहान सुरुङ भित्रबाट आवाज सुनिएपछि भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशुली ३ ए जलविद्युत आयोजनामा थुनिएका कर्मचारीहरुको उद्धार हुने सम्भावना बढी रहेको छ ।



कागजपत्र |
