सुरुङबाट अर्का एक जनाकाे पनि उद्धार, उद्धार हुनेमा बालकुमारीका कविर महर्जन


नुवाकोट— त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एक व्यत्तिःको पनि जीवितै उद्धार भएको छ ।

शुक्रबार बिहान सुरुङ भित्रबाट ललितपुर बालकुमारीका ४५ वर्षीय  कविर महर्जनको जीवित उद्धार गरिएको हो ।

यसअघि आजै बिहान सञ्जय साहको पनि जिवितै उद्धार भएको थियो । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

उनीहरु दुवैलाइ यतिबेला छाउनीस्थित नेपाली सेनाकाे अस्पताल ल्याइँदैछ ।

प्रतिक्रिया