एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न विशेषको आदेश


काठमाडौं – विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि पौडेललाई २० करोड ९० लाख बिगो कायम गर्दै बिहीबार मुद्दा दर्ता गरिएको थियो।

प्रतिक्रिया