बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोपियन युरोसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ १७ पैसा र बिक्री दर १५१ रुपैयाँ ७७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो १ को खरिद दर १७१ रुपैयाँ ४९ पैसा र बिक्री दर १७२ रुपैयाँ १८ पैसा रहेको छ । यूके पाउन्ड स्टर्लिङ १ को खरिद दर १९८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

खाडी मुलुकतर्फ साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ २७ पैसा र बिक्री दर ४० रुपैयाँ ४३ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा रहेको छ ।

मलेसियन रिङ्गिट १ को खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।

प्रतिक्रिया