एमाले उपाध्यक्ष पौडेललाई सार्वजनिक सवारीमार्फत नै काठमाडाैं ल्याइयो, आजै अदालत उपस्थित गराइँदै


काठमाडौं – सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

सोमबार पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।

पक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्‍याइएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले आजै म्याद थपका निम्ति अदालतमा उपस्थित गराउनेछ ।

पौडेलको निवासबाट केही कागजात समेत बरामद गरिएको छ ।

पौडेल जेनजी आन्दोलन अघिसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए ।

प्रतिक्रिया