
सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो
काठमाडौं – स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ ।
गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी रु चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार रु चार हजार ८९५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



कागजपत्र |
