प्रतिपक्षी दलका नेता आङ्देम्बेको रविलाई प्रश्न-भारत भ्रमणमा सीमानाको ‘स’ र कालापानीको ‘क’ को उच्चारण किन गर्नुभएन ?


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सीमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले लामिछानले सीमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

‘दिल्लीमा हुँदा सीमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले भने,’ हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’

उक्त अवसरमा आङ्देम्बेले परराष्ट्रमन्त्री शिशिर खनालले पनि त्यसबारेमा केही नबोलेकोमा रोष प्रकट गरे ।

प्रतिक्रिया