
राष्ट्रिय सभाका २ समितिको बैठक बस्दै
काठमाडौं – संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक बस्दैछन् ।
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेका हुन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्नेछ ।
बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल गर्ने कार्यक्रम छ ।



कागजपत्र |
