
काठमाडाैंबाट भैरहवा जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ७ जना घाइते
काठमाडौं – काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ।
लु २ ख ६८२३ नम्बर बस लु २ ख ९४९ नम्बरको ट्रकसँग ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन्।
बस पछाडिबाट ट्रकसँग ठोक्किएर दुर्घटना भएको बर्दघाट ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) माधव चौधरीले जानकारी दिए। घाइतेको अवस्था सामान्य भएको चौधरीको भनाई छ।



कागजपत्र |
