माओवादीले बहिस्कार गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने– सभामुखले अनैतिक काम गरे


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटाको चर्को आलोचना गरेका छन्।

शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सदनमा विधयेकहरू, अध्यादेशहरू पेस नगरेर सभामुख सापकोटा अनैतिक हिसाबले अघि बढेको र असहयोग गरेको बताए।

प्रतिनिधि सभामा रहेका दलहरूको बैठक डाकेका प्रधानमन्त्रीले भने,‘संसदमा बिजनेश दिएन भनिन्छ तर कति छन् कति जसलाई सभामुखले टेबल गरिरहेका छैनन्, रोकेका छन्।’

बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतको सहभागीता रहेको थियो।

नेकपा माओवादी केन्द्रले भने बैठक बहिस्कार गरेको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि सहभागी भएनन्। बैठकमा जसपाका नेता उपेन्द्र यादव, बाबुराम भट्टराई पनि सहभागी भएनन्।

प्रतिक्रिया