
तुलसी अधिकारीविरुद्ध थुनछेक बहस सुरु, आजै थुनामा पठाउने वा धरौटी निर्णय हुन सक्ने
काठमाडौं- टिकटकर तुलसी अधिकारीविरुद्ध दायर मुद्दामा थुनछेक बहस सुरु भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो ।
सरकारी वकिल पक्षले जवाफी बहस गर्ने र त्यसपछि प्रतिवादी अधिकारीका कानुन व्यवसायीले बहस प्रस्तुत गर्ने कार्य सम्पन्न भएपछि थुनछेक बहस अन्त्य हुनेछ ।
बहस सकिएलगत्तै अदालतले अधिकारीलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेबारे निर्णय गर्न सक्नेछ ।
अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौँ ल्याइएको थियो । उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर गरिएको छ ।
एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो । उक्त मुद्दामा तुलसी अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।



कागजपत्र |
