कर्णालीमा माओवादीको सरकार जोगिएको भोलिपल्ट प्रचण्ड–माधव भेटवार्ता


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाल झापाबाट फर्किएलगत्तै व्यवसायी कोटेश्वरका चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो । छलफलमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

कर्णाली प्रदेशमा माधव नेपाल पक्षको समर्थनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच भेटवार्ता भएको हो । उनीहरु दुईबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

गण्डकी प्रदेशमा पनि एमालेका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध नेपाली काँग्रेस र माओवादी मिलेर अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकसमेत प्रचण्डले बहिष्कार गरेका छन् ।

प्रतिक्रिया